५ भाद्र २०८३, शुक्रबार
Header

एक हप्ता फोहोर ढुवानी रोक्न महानगरलाई शहरी विकासको पत्र


प्रकाशित: मंगलवार, ३ साउन २०७९, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरलाई एक साताको लागि फोहोर ढुवानी रोक्न शहरी विकास तथा भवन निर्माण विभाग पत्रचार गरेको छ ।


तिनपिप्ले बञ्चरेडाडामा सडक मर्मत तथा सम्महार कार्य भईरहेको तर फोहर ढुवानीको गाडी आवत जावत गर्ने गरेकोेले कठिनाई भएको पत्रमा उल्लेख गरिएको छ । 


‘निर्माण कार्य द्रुत गतिमा सञ्चालनको लागि कम्तिमा एक हप्ता फोहोर मैला ढुवानी सवारी साधान उक्त सडक खण्डमा आवागमन रोकी आवश्यक सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।’ पत्रमा भनिएको छ ।


बञ्चरेडाडा स्यानिटिरी ल्याण्डफिल साईटका आयोजना निर्देशक रविन्द्र बोहोराले सो समय सम्मको लागि ढुवानी रोकी सडक मर्मत सम्माहरमा सहजीकरण गरिदिन अनुरोध गरेको बताए । 

 


तस्वीर सौजन्यः सुरज महर्जन/FB

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex