काठमाडौं । नेपालभाषा साहित्यका पाँच व्यक्तित्वहरुको शालिक अनावरण गरिएको छ ।
शनिवार एक कार्यक्रमविच काठमाडौंको जनबहाः नासः दबू, केल टोलमा गद्यगुरु पण्डित निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास अमात्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीरसिंह कसाः र भाषानिभाः प्रेमबहादुर कसाःको सालिक अनावरण गरिएको हो ।
सो अवसरमा नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंह, काठमाडौं महानगरपालिका पूर्व प्रमुख विद्यासुन्दर श्रेष्ठ, २३ वडाका पूर्व वडाध्यक्ष नीलकाजी शाक्य, जनकवि दुर्गालाल श्रेष्ठ, बागमती प्रदेशका खानेपानी तथा सिंचाइमन्त्री वसन्त मानन्धर लगायतले संयुक्त रुपमा शालिक अनावरण गरेका थिए ।
Categorized in सम्पदा/संस्कृति