२५ बैशाख २०८१, मंगलबार
Header

ई-स्पोर्टलाई छुटाएको एक करोडको आलोचनापछि महानगर प्रमुख बालेनले दिए प्रतिक्रिया


प्रकाशित: विहिवार, ३० असार २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरले ई-स्पोर्टसका लागि छुट्याइएको बजेटको चर्को आलोचना भएको छ ।


आलोचना भएपछि प्रमुख शाहले सो रकमको कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले कार्यान्वयन हुने  स्पष्ट पारेका छन् ।


उनले कुनै अमुक संस्था वा खेलका लागि नभएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको बताएका हुन । 


‘आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।’


फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल नहुने भन्दै उनले लेखेका छन्, ‘यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD