६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यी अवस्थामा गैरआवसीय नेपालीले नागरिकता पाउने विधेयक प्रस्ताव


प्रकाशित: विहिवार, ३० असार २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले गैर नेपालीहरुलाई पनि नागरिकता दिन सकिने गरी एक संसदमा एक विधेयक प्रस्ताव गरेको छ । 


सरकारले संसदमा पेश गरेको नागरिकता कानुनलाई संशोधन गरेर नागरिकता दिनका लागि ५ प्रमाणसहित निवेदन दिनुपर्ने कानुन ल्याउने तयारी गरेको हो । 


विधेयकमा गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने प्रस्ताव छ ।


नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिलाउने नागरिकताको प्रस्ताव गरेको हो ।


नागरिकताको लागि गैरआवसिय नागरिकले बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको पहिलो प्रमाण पेश गर्नु पर्ने छ । 


त्यसैगरी पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको दोस्रो प्रमाण र तेस्रो, विदेशी मुलुकको नागरिकता लिएको प्रमाण उपलब्ध गराउनु पर्ने छ । 


चौथो प्रमाणको रुपमा दक्षिण एसियाली बाहेकका मुलुकमा बसोबास गरेको र पाँचौ प्रमाणको लागि नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र पेश गर्नु पर्ने विधेयकमा उल्लेख छ ।

 
सो पेश गरेको विवरण झुटा ठहरे गैर आवासीय नागरिकता लिने व्यक्तिलाई तीन महिनादेखि १ वर्षसम्म कैद र २५ हजारदेखि ५० हज़ार जरिवाना हुने प्रस्ताव विधेयकले गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex