२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जैशीदेवल नजिक विष्णुमति किनाराको मन्दिरबाट हराएका काष्ठकला भेटियो


प्रकाशित: बुधवार, २९ असार २०७९, १२ः२३ बजे
- महानगरखबर

काठमाडौं । चालिस बर्ष अघि सन् १९८० को दशकमा जैशीदेवल नजिक रहेको विष्णुमति किनारा नजिक रहेको मन्दिरबाट हराएको काष्ठकला भेटिएको छ ।


नारायण मन्दिरमा १२ औं शताब्दीका सृजना मानिने काष्ठकला पुरातात्त्विक महत्त्वको काष्ठकला अमेरिकाको सिकागोस्थित एक निजी संग्रहकर्ताबाट स्वेच्छिक रुपमा नेपाल फर्काइएको छ । 


मंगलवार पुरातत्त्व विभागमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसचिव महेश्वर नेपाल, अमेरिकी नियोगकी उपप्रमुख एबिगाल एरोन्सन, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमलगायत उपस्थितीमा काष्ठकला फकाईएको हो । 


यो सम्पदा सिकागोस्थित प्रिज्कर (टम) कलेक्सनमा भेटिएकोबारे गत वर्ष नोभेम्बर १७ मा हराएकारचोरिएका नेपाली सम्पदाको खोजी अभियानकर्ता ‘लस्ट आर्टस् अफ नेपाल’ले सूचना बाहिर ल्याएको थियो । 


काठमाडौं महानगरपालिका वडा नं. १२ मा रहेको मन्दिरबाट सम्पदा हराएको जानकारी भए पनि एक वर्षअघिसम्म यसको यथास्थिति थाहा हुन सकेको थिएन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex