२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जगतसुन्दर बोनकुथी (स्कुल) लाई रु ६५ लाख सहयोग 


प्रकाशित: आईतवार, २६ असार २०७९, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भाषाको पढाई हुने जगतसुन्दर बोनकुथी (स्कुल) लाई रु ६५ लाख सहयोग रकम प्रदान गरिएको छ ।


लायन्स क्लब अफ काठमाडौँ हारतीमाताले काठमाडौँ महानगरपालिकाको सहयोगमा सो रकम प्रदान गरिएको हो । क्लवले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री, कम्युटर, स्मार्ट बोर्ड तथा बैठक हल निर्माणका लागि उक्त रकम सहयोग गरेको हो ।


लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ एचका डिस्ट्रिक गर्भनर दिनेशप्रसाद श्रेष्ठले लायन्स क्लबले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताउँदै जगसुन्दर विद्यालयसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । 


सो अवसरमा क्लबका अध्यक्ष अशोकमान महर्जनले ‘एक लायन्स क्लब, एक विद्यालय सहयोग’ कार्यक्रमलाई लायन्स क्लबले अगाडि बढाएको बताए । 


कार्यक्रमा काठमाडौं महानगरपालिकाका निर्देशक बुद्धरत्न मानन्धर, विद्यालय गुठी सञ्चालक समितिका अध्यक्ष प्रा डा चन्दा बज्राचार्य, विद्यालयका संस्थापक अनाररत्न बज्राचार्य लगायतले स्कुलको स्थापना, आवश्यक्ता र महत्वबारे चर्चा गरेका थिए ।


काठमाडौं महानगरपालिका–१५ चागलः लाखुतिर्थमा सञ्चालित सो स्कुलमा कोर सिटी लगायत डल्लु, ढल्को, मरुहिटी, टेकु, ताहचललगायत क्षेत्रका विद्यार्थीहरु अध्यन गर्न आउने गरेका छन । 


नेपाल भाषाका अभियान्ता जगतसुन्दर मल्लको स्मृतिमा गुठीद्वारा सञ्चालित उक्त विद्यालयले नेपालभाषा, अङ्ग्रेजी र नेपाली भाषालाई सँगसँगै अगाडि बढाएको छ ।  


विस २०४७ को संविधानले कक्षा ५ सम्म मातृभाषामा पढ्न पाउने व्यवस्था गरेअनुसार सोही वर्षको फागुन १२ गते विद्यालय स्थापना गरी नेपाल भाषाको पढाइ सञ्चालन गर्दै आएको प्रा.डा. बज्राचार्यले बताईन । 


अहिले सो स्कुलमा हाल २६० विद्यार्थी अध्ययनरत छन । विद्यालयमा हाल मन्टेश्वरी कक्षा सञ्चालन हुनुका साथै स्मार्ट वोर्डबाट विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालयकी प्रधानाध्यापक सुनिता मानन्धरले बताईन । 


सामाचार स्रोतः रासस


तस्वीरहरुः जगतसुन्दर बोनकुथी फेसबुक पेजबाट

asteriskhubs
Home Page Bottom Second


maharjan complex