काठमाडौं । केही दिन परेको बर्षा तथा पहिरोमा परि बिहिबारसम्म ५६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।
बर्षाको कारण ३७ जना घाईते भएको छ । हिजो परेको बर्षाको कारण भक्तपुरको चाँगुनाराण नगरपालिका– ७ तेलकोटस्थित मजुवामा पहिरोमा परि मृत्यु भएको एकै परिवारको ३ जनालाई १ लाखको दरले राहात दिने भएको छ ।
पहिरोमा परि ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको थियो ।
Categorized in राष्ट्रिय