काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट भाषणको अघिल्लो दिन डिलिट भएको फुटेज बारे प्रश्न गरेका छन ।
सोमवार संसदमा बोल्दै ओलीले भने,‘फुटेज डिलिट गर्न पाइन्छ ?’ उनले प्रश्न गरे, ‘कर्तव्य हुन्छ, आफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौं, आउनुस् छानबिन गरौं मन्त्रीले यो भन्न सक्नुपथ्र्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने ?’
उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने माग समेत गरेका छन । संसदीय कमिटी बनाएर छानबिन गर्नुु पर्ने र त्यसको प्रतिवेदन सम्मानित संसदमा ल्याईनु पर्ने उनले भने ।
अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज डिलेट भएको भन्दै यसको चर्को विरोध भईरहेको छ ।
पूर्वप्रधानमन्त्री ओलीले एमालेले आरोप अन्धाधुन्ध आरोप नलगाएको भन्दै छानकिन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि आग्रह गरे ।
Categorized in राष्ट्रिय