काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि सार्वजनिक स्थालमा भिख माग्न रोक लगाउने भएको छ ।
शुक्रवार एक सार्वजनिक सुचना प्रकाशित गरी १० दिनभित्र सो कार्य बन्द गरिसक्नु पर्ने जारी सुचनामा उल्लेख छ । महानगरले सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारी साधनमा बसेर भिख माग्न नपाउने भनेको छ ।
साधु, सन्त, जोगी तथा भिक्षुहरूको हकमा भने यो नियम लागु नहुने भएको छ । उनीहरूले पनि सडकमा जहाँसुकै भिक्षा माग्न पाउने छैनन । उनीहरुले सनातन धर्म परम्परा अनुसार घर, घरमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा माग्न सक्ने छ ।
काठमाडौंको विभिन्न सार्वजनिक स्थल, चोक, सम्पदा क्षेत्रमा माग्नेहरु धेरै देखिन्छ । उनीहरु माईक राखेर, गीत गाउँदै, नाच्दै, विभिन्न कागजजातहरु देखाएर पैदलयात्रुुहरुलाई भिख मागेर दुःख दिने गरेको छ ।
सार्वजनिक सुचना

Categorized in समाज