काठमाडौं । काठमाडौ महानगर प्रमुख विद्यासुन्दर शाक्यले नेपालभाषा, संस्कृति, सम्पदाको कार्यक्रमले निरन्तरता नपाए खबरदारी गर्ने बताएका छन ।
विहिवार यहाँ लहना मिडियाले आयोजना गरेको ‘कोरोना प्रभावित पत्रकार व नेवाः मिडिया हाउस नाप’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले सो कुरा बताएका हुन ।

उनले नेवाः मिडिया र सोमा आवद्ध पत्रकारहरुको अवस्था बारे जानकार रहेको बताउँदै व्यवसायिक पत्रकाररितलाई अघि बढाउन सकेमात्र आफु र आश्रित परिवारले राहत पाउने बताए ।
आफ्नो कार्यकालमा नेपाल भाषा लगायत अन्य मातृभाषाका सञ्चारमाध्यमहरुको विकासमा सकेको सहयोग गरेको उनले सुनाए । अहिले पनि आफूले सकेको सहजीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता व्व्यक्त गरे ।
शाक्यले आफ्नो कार्यकालमा काठमाडौं महानगरभित्रका सामुदायिक तथा नीजि विद्यालयहरुमा स्थानीय भाषाको विकासको लागि झिगु येँ देय् म्हसिके (काठमाडौं चिनौं) पाठयक्रम नेपाल भाषामा कक्षा १ देखि ८ सम्म लागु गरेका थिए ।
त्यसैगरी यहाँका परम्परागत बाजागाजाका गुरुलाई वार्षिक ३० हजार रुपैयाँ प्रदान गर्ने, जीवित देवी कुमारी, गणेश, भैरवालाई मासिक भत्ता दिने, मातृभाषाको पत्रकारिताको विकास, मूर्त र अमूर्त संस्कृति र भूुकम्पले क्षतिग्रस्त अधिकांश सम्पदाहरुको पुननिर्माण सम्पन्न गरेका थिए ।
निर्वतमान प्रमुख शाक्यले जनताका भावना, माग र एजेण्डालाई सम्बोधन गर्न आफ्नो बलबुत्ताले भ्याएसम्म अधिकत्तम प्रयास गरेको उल्लेख गर्दै अहिले पनि जनताको हितका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
Categorized in स्थानिय