४ भाद्र २०८३, बिहिबार
Header

महानरवासीले सुचना प्रविधिको लाभ पाउनुपर्छः संयोजक मानन्धर


प्रकाशित: विहिवार, २ असार २०७९, १७ः५० बजे 
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा १७ का अध्यक्ष तथा सूचना प्रविधि समितिका संयोजक नविन मानन्धरले सुचना प्रविधिको उच्चतम प्रयोगबाट माहानगरवासीले लाभ पाउनु पर्ने बताएका छन । 


संयोजक मानन्धरले महानगरको सूचना प्रविधि कक्षको अवलोकन गरेपछि सो प्रतिक्रिया दिएका हुन । उनले महानगरको चुस्त सेवाका लागि प्रविधि र जानकारी तथा ज्ञानका लागि सञ्चारको सक्रियता जरुरी भएको बताए । 


महानगरको कार्यपालिकाको पहिलो बैठकको निर्णय अुनसार स्थापना गरिएको गुनासो सुन्न कल सेन्टरको निरिक्षण गरी सो व्यवस्थापनबारे मानन्धरले जानकारी लिएका थिए । 


मानन्धरले मेट्रो एफ. एम. ९४ विन्दु ६ मेगाहर्जको स्टूडियो, पत्रकार तथा सञ्चारकर्मी बस्ने ठाउँको निरीक्षण गरेका थिए । 


सो अवसरमा समितिका सदस्य तथा वडा २९ का अध्यक्ष कुश ढकाल,समितिका सदस्य सचिव एवं सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल, सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, १९ का अध्यक्ष राजेश श्रेष्ठको उपस्थिती रहेको थियो ।  


कार्यपालिका अन्तर्गतका समितिहरुमा विभागीय प्रमुख सदस्य रहने व्यवस्था छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex