५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

बेरुजु नदेखिने गरी काम गर्न कर्मचारीहरुलाई महानगर प्रमुख र उपप्रमुखको निर्देशन


प्रकाशित: शुक्रवार, २७ जेठ २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले महानगर खर्च प्रणालीमा ध्यान दिन कर्मचारीलाई आग्रह गरेका छन । 


शुक्रवार महानगरको आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाईले गरेको अन्तरक्रियामा उनले बेरुजु घटाउने तथा बेरुजु हुन नदिन वित्तिय अनुुशासनको पालना गर्न गर्न भनेको छ । 


अन्तरक्रियामा उपप्रमुख सुनिता डंगोलले, हतारमा काम नगर्न सुझाव दिनुभयो । उनले भनिन, ‘भोलि वेरुजु देखिने गरी काम गर्नुहुँदैन । अहिले सम्पन्न गरेका काम सम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नु नपरोस् ।’ 


सो अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले, हिजोका वेरुजुलाई न्युनीकरण गर्ने र आगामी दिनमा वेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे । 


उनले बेरुजु समपरीक्षण र असुलउपर विधिबाट घटाउने सुुझाव दिएका थिए । लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गरिने बताए । 


प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र वेरुजु तथा फस्र्यौटका लागि अबलम्बन गरिनु पर्ने प्रक्रियाका विषयमा प्रस्तुतिकरण दिएका थिए । 


अन्तरक्रियामा सहभागी वडासचिवहरु यम बसेल, शुशिल सुवेदी, रमेश घिमिरे, सुवोध खड्का, कमल गौत्तम, सुरेश साहु, जयदेव घिमिरे, श्याम पाण्डे, शिवराज सोती, देवी वस्ती, टंक बराल, मञ्जु आचार्य, चन्द्रगोपाल प्रधान, सुनिल राजभण्डारीले वडाबाट हुने प्राविधिक र प्रशासनिक कामको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा जोड दिएका थिए । 


कार्यक्रमा वडा १६ का लेखा प्रमुख चिनीकाजी महर्जनले वडाको वित्तिय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्ने बताए । यस्तै इञ्जिनियर सुमन बादे श्रेष्ठले प्राविधिक र प्रशासनिक विषयलाई छुट्याएर आफ्ना आफ्नै क्षेत्रमा जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।

 
लेखा परीक्षण तथा समपरीक्षण एकाई प्रमुख गोपालप्रसाद पोरखेलका अनुुसार वेरुजु फस्र्यौटको २९ प्रतिशत लक्ष्य हासिल गरिएको छ ।  प्रक्रियामा रहेको प्रगति ४५ प्रतिशत पुग्न लागेको छ । यो बर्षको अन्त्यसम्ममा ५० प्रतिशत पुर्‍याउने प्रयासमा रहेको उनको भनाई छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex