६ भाद्र २०८३, शनिबार
Header

बञ्चरेडाँडामा पक्राउ परेका स्थानीय रिहा, भोली बार्ता


प्रकाशित: विहिवार, २६ जेठ २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । फोहर व्यवस्थापनमा अवरोध पुराएको भन्दै पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन ।


विहिवार प्रहरीले नियन्त्राणमा लिएका बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईलाई रिहा गरेका छन । 


काठमाडौंको फोहोर स्थानीयसँग सहमित नगरी बञ्चरेडाँडामा प्रहरी लगाएर फोहर फालेपछि स्थानीय आन्दोलनमा उत्रेका थिए । सो आन्दोलनको क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


आन्दोलनले चर्को रुप लिन थालेको र फोहरको थुप्रोले काठमाडौं दुुर्गन्धीत बनेपछि सरकारले वार्ताको पहल सुरु गरेको छ ।   


भोली (शुक्रवार) सरकारले आन्दोलरत स्थानीयलाई वार्तामा वोलाएका छन । वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायत सहभागी हुने छन्।


यस अघि सोमवार मन्त्रालयले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई मात्र राखेर बञ्चरेमा फोहोर फाल्ने सम्झौता गरेको  थियो ।


सरकारले १७ वर्षदेखि काठमाडौंको फोहोर सिसडोलमा फाल्दै आएको छ । सिसडोल भरिएपछि बञ्चरेडाँडा डम्पिङ साइटमा फाल्न खोजिएको हो । 


डम्पिङ साइट निर्माण पूरा नहुँदै र बञ्चरेका बासिन्दाको माग बेवास्ता गर्दै फोहोर फाल्ने निर्णय भएको भन्दै स्थानीय आन्दोलित छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex