५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौंमा घर बनाउन ४ आना जग्गा चाहिने (नियामावली)


प्रकाशित: मंगलवार, २४ जेठ २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा घर बनाउन प्रयोजन (आवास)को लागि चार आना (एकसय ३० वर्गमिटर) जग्गा भन्दा कम हुने गर कित्ताकाट गर्न नपाईने भएको छ । 


२३ जेठमा राजपत्रमा प्रकाशित नियमावली अनुसार सो नियम आएको हो । त्यसैगरी कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा पनि १५.७६ आना (५ सय वर्गमिटर) भन्दा कम हुने गरी कित्ताकाट गर्न बन्देज लगाइएको छ ।


भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावली २०७९ मा यस्तो व्यवस्था गरिएको हो । 


कित्ताको आकार वा क्षेत्रफल नमिलेर सीमानाकै अर्को कित्ताबाट केही निश्चत क्षेत्रफल ल्याएर जग्गा मिलान गर्न भने सकिने व्यवस्था यो नियमावलीमा गरिएको छ ।

 



नियामावली

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex