काठमाडौं । काठमाडौं महानटगरपालिकाका स्थायीवासीहरुको लागि राष्ट्रिय परिचयपत्र विवरण प्रविष्ट पुन सुरु भएको छ ।
राष्ट्रिय सभागृहस्थित जेठ १७ गतेबाट सुचारु भएको जिल्ला प्रशासन कार्यलय काठमाडौले सुचना जारी गरी जनाएको छ ।
महानगरका स्थायी वासी वा बसाई सरी आएका वा विवाह गरी आएकाहरुले आवश्यक कागजपत्र लिई अनलाईन फर्म भरी लाईभ ईनरोलमेन्ट (विवरण प्रविष्ट) गर्न सकिने छ ।
नागरिकताको प्रमणापत्र सक्कल, विवाह दर्ता प्रमाणपत्र सक्कल, बसाईसराई आएको प्रमाणपत्रको सक्कलै लिएर जानुपर्ने हुन्छ ।
Categorized in समाज