६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

हराईरहेको तारा एयरको जहाज दुर्घट्नाग्रस्त अवस्थामा भेटियो


प्रकाशित: सोमवार, १६ जेठ २०७९, ०९ः१० बजे
- महानगरखबर

काठमाडौं । हिजो विहानदेखि सम्पर्कविहिन भएको तारा एयरको जहाज मुस्ताङका थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

 
सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । स्थानीहरुका अनुसार यार्सा टिप्न गएकाहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गरेका हुन । 


अहिले सो क्षेत्रमा सेनाहरू गएको छ । आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने तर जहाज सम्पर्कविहीन थियो । 


तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो । 


जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका जहाजमा चालक दलका दुई जना अन्य सदस्य , २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्र थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex