काठमाडौं । काठमाडौं महानगरपालिका ७९ औ मतपरिणाम अपडेट सार्वजनिक गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले विहिवार बिहान ७ः४५ बजेको अपडेट अनुसार १ लाख ८३ हजार ६७९ मत गणना भईसकेको छ ।
मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३७ हजार २१८ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएका छन ।
स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ५९ हजार १४९ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ३५४ मत पाएका छन ।
त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ६६ हजार ८७८ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएका छन । राप्रपाकी विनिता मगैयाले ११ हजार ६४७ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले १३ हजार १७६ मत पाएकी छिन ।
यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम हो । अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना सम्पन्न भईसकेको छ ।
महानगरमा करिब १ लाख ९१ हजार १८६ मतदान भएको थियो । यस अनुुसार अब ७ हजार ५०७ मत मात्र गन्न बाँकी छ । अब १४, १५ र १६ वडाको मतपरिणाम आउन बाँक रहेको छ ।
Categorized in स्थानिय