५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कठमाडौं महानगर अपडेटः एकलाख ६६ हजार ३१३ मत गनि सक्दा को कतिले अघि पछि ?


प्रकाशित: मंगलवार, ११ जेठ २०७९, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले बुधवार विहान ८ः१५ बजेको अपडेट अनुसार १ लाख ६६ हजार ३१३ मत गणना भईसकेको छ ।


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार ६०९ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले ३४ हजार १८० मत पाएका छन ।


स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ५४ हजार २९३  मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ९६३ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ६० हजार ६७५ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले २० हजार ६८५ मत पाएका छन । राप्रपाकी विनिता मगैयाले १० हजार ६१० मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले ११ हजार ३४ मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम  हो । अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । 


महानगरमा करिब १ लाख ९१ हजार १८६ मतदान भएको थियो । यस अनुुसार अब २४ हजार ८७३ मत मात्र गन्न बाँकी छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex