५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगद्धारा वडा अध्यक्षको तलब ४० हजार पुगाउन माग


प्रकाशित: बिहिबार, २८ असार २०७५, १२ः०६ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले जनप्रतिनिधिहरुको तवल सुविधा बजारको महंगी अनुसार नभएको भन्दै प्रदेश सरकारलाई तलब सुविधामा बृद्धि गर्न माग गरेको छ ।

 
काठमाडौं महानरपालिकाको परिषद बैठकले प्रदेश सरकारलाई जनप्रतिनिधिको सेवा सुविधामा वृद्धि गर्न प्रस्ताव गरेको छ । प्रस्ताव अनुसार मेयरको तलब ५५ हजार, उपमेयरको ४८ हजार, वडा अध्यक्षको ४० हजार र सदस्यको २० हजार पुराउन प्रस्ताव गरेको छ ।

 
हाल मेयरको तलब ४६ हजार, उपमेयरको ४० हजार २ सय, वडा अध्यक्षको २८ हजार र सदस्यको ७ हजार रहेको छ ।

 
महानगरका एक वडा अध्यक्षले तलव नबढाएसम्म प्रदेश सरकारले तोकेको सेवा सुविधा नबुझ्ने चेतावनी दिएका छन् ।

 
केन्द्र सरकारले दिएको खाका अनुसार नै प्रदेश सरकारहरुले स्थानीय जनप्रतिनिधिहरुको सेवासुविधासम्वन्धी विधेयक प्रदेशसभाबाट पास गराएका हुन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex