काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ मा पनि नेपाली कांग्रेसका बालकृष्ण महर्जन विजयी भएको छ ।
वडा अध्यक्षमा निर्वाचित महर्जनले २ हजार ११७ मत पाएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विकास डंगोलले १ हजार ४८ मत पाएर दोस्रो भएका छन ।
महिला सदस्यमा नानी हेरा महर्जनले २ हजार २६८ पाइएर बिजयी भएकी छिन । उनका प्रतिद्धन्द्धी एमालेकी अनिता महर्जनले ९५९ मत पाएकी छिन ।
त्यसैगरी दलित महिला सदस्यमा मुना गहतराज रामदासले २ हजार १५६ मत पाई निर्वाचित भएकी छिन उनकी प्रतिस्पर्धी एमालेकी भोजमाया पोडेले ८८४ मत पाएकी छिन ।
पुरुष सदस्यहरुमा पुुष्परत्न प्रजापतिले २ हजार २९ मत पाएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी एमालेको रत्न शाहीले ८३८ मत पाएका छन ।
त्यसैगरी दुुई रुख भएका श्यामकृष्ण खड्गीले १ हजार ८८१ मत पाई बिजय भएका छन । दुुई सूूर्य भएका श्याम शाहीले ८०२ मत पाए ।
यो सँगै नेपाली कांग्रेसले ११ वटा वडा जितिसकेका छन ।
Categorized in स्थानिय