काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले सोमवार विहान ८ः१५ बजेको अपडेट अनुसार १ लाख २४ हजार ५४४ मत गणना भईसकेको छ ।
मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले २४ हजार ५८८ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले २५ हजार ६८० मत पाएका छन ।
स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ४३ हजार ७५७ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार ५१ मत पाएका छन ।
त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ४४ हजार ७०५ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन । राप्रपाकी विनिता मगैयाले ७ हजार ९३३ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले ६ हजार ५२७ मत पाएकी छिन ।
यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को हो । अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २१, २३, २४, २५, २७, २८, २९, ३०, ३१,३२ वडाको मतगणना सम्पन्न भईसकेको छ ।
Categorized in स्थानिय