काठमाडौँ । काठमाडौं महानगरपालिका वडा ३१ नेकपा एमालेका सरोज ढकाल निर्वाचित भएका छन ।
उनले ४ हजार ७६७ मत प्राप्त गरेका छन उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रविन्द्रविक्रम राणाले २ हजार ९९१ मत प्राप्त गरे ।
ढकालसँगै महिला सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार अप्सरा सञ्जेल, दलित महिला सदस्य पदमा नेकपा एमालेकी सान्नानी मिजार, सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार अशोक के. सी. खत्री र नेकपा एमालेकी उम्मेदवार हुमादेवी आचार्य निर्वाचित भएकी छिन ।
Categorized in स्थानिय