४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगरमा ९०,४४७ मत गनिसक्दा, को कति मतले अघि ?


प्रकाशित: शनिवार, ७ जेठ २०७९, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले शनिवार साँझ ६ बजेको अपडेट अनुसार ९० हजार ४४७ मत गणना भईसकेको छ ।


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले १८ हजार ६३ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले १७ हजार ९६३ मत पाएका छन ।


स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ३३ हजार २५५ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ हजरा ९३१ मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३३ हजार २०१ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले ११ हजार ४६६ मत पाएका छन ।राप्रपाकी विनिता मगैयाले ५ हजार ८८३ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले ३ हजार ३१३ मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, २३, २५,२६, २७, २८, २९, ३०, ३१ र ३२ को हो । अहिलेसम्म १, २, ३, ४, ५,६, ८, २७, २८,२९,३०,३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika