काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएका छन ।
कांग्रेस उम्मेदवार आसामान संगत वडा अध्यक्षमा बिजयी भएका छन । उनले १ हजार ५५७ मत पाएका छन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उमेशकुमार कुुईकेलले ७३३ मत पाएका छन ।
महिला सदस्यमा नेपाली कांग्रेसकी महिला सदस्यतर्फ सरस्वती राजण्डारीले १ हजार ५३० मत पाएकी छिन । दलित महिला सदस्यमा राजलक्ष्मी भुसालले १ हजार ५६१ मत पाई विजय भएकी छिन ।
त्यसैगरी सदस्यहरुमा शेखर देउला र सलोनी पराजुली ओडरी बिजयी भएकी छिन । औपचारिक घोषणा हुन भने बाँकी छ ।
यो सँगै नेपाली कांग्रेसले वडा ६, ८, २८, २९ र ३० वडा बिजयी हासिल गरेको छ ।
Categorized in स्थानिय