५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगर अपडेटः ८६,५९७ मत गनिसक्यो, को कति मतले अघि ?


प्रकाशित: शनिवार, ७ जेठ २०७९, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो अपडेट सार्वजनिक गरिएको छ । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय, काठमाडौंले शनिवार विहान ११ बजेको अपडेट अनुसार ८६ हजार ५९७ मत गणना भईसकेको छ ।


मतगणना अनुसार नेकपा एमाले उम्मेदवार केशव स्थापितले १७ हजार २५३ मत पाएका छन भने नेपाली कांग्रेसका सिर्जना सिंहले १७ हजार १०८ मत पाएका छन ।


स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले ३२ हजार ७८ मत पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले २ हजरा ४६० मत पाएका छन । 


त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३१ हजार ८४२ मत पाएकी छिन भने उनका प्रतिस्पर्धी गठबन्धनका रामेश्वर श्रेष्ठले १० हजार ९६९ मत पाएका छन ।


राप्रपाकी विनिता मगैयाले ५ हजार ३७३ मत पाएकी छिन भने स्वतन्त्रकी विद्या श्रेष्ठले २ हजार ९०६ मत पाएकी छिन ।


यो मतपरिणाम वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को हो । अहिलेसम्म १, २, ३, ४, ५,६,२८,२९,३०,३२ वडाको मतगणना सम्पन्न भईसकेको छ । 


अवको केही समयपछि वडा २३ को पनि मतगणना सुरु हुने कार्यलयले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex