भक्तपुर । पहिरोमा परेर चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा एकै परिवारको ३ जनाको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको छ ।
पहिरो घरपछाडिबाट खसेको प्रहरीको भनाई छ ।
Categorized in समाज