१८ बैशाख २०८१, मंगलबार
Header

काठमाडौ महानगरमा ५२,८८७ मत गनि सकियो, कस्ले कति पायो ?


प्रकाशित: विहिवार, ५ जेठ २०७९, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । मुख्य निर्वाचन अधिकृतको कार्यलय काठमाडौंले काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम सावर्जनिक गरेको छ । 


विहिवार विहान ७ बजेको अपडेट अनुसार महानगरभित्र मतगणना जारी रहेको बेला ५२ हजार ८८७ मत गनिसकेको कार्यलयले जनाएको छ । 


अपछिल्लो अपडेट अनुसार एमालेका मेयर उम्मेदवार केशव स्थापितले १० हजार ६३८ मत ल्याएका छन भने नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ९ हजार ८७७ मत प्राप्त गरेकी छिन ।


त्यसैगरी स्वतन्त्रका मेयर उम्मेदवार बालेन्द्र(वालेन) साहले २० हजार २०१ मत प्राप्त गरी फराकिलो मतान्तरले अग्रता लिएका छन । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ हजार २०४ मत पाएका छन । 


त्यसैगरी, एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले १९ हजार ६४४ मत पाएकी छिन । सत्ता गठबन्धनका नेकपा एकिकृत समाजवादी उपमेयर उम्मेदवार रामेश्र श्रेष्ठले ६ हजार ३०१ मत पाएका छन । 


राप्रापकी विनिता मगैयाले ४ हजार २४ मत पाएकी छिन भने स्वतन्त्रका उम्मेदवार विद्या श्रेष्ठले १ हजार ४९१ मत पाएकी छन । 


यो मतपरिणाम १, २, ३, ४, ५, ६, ७, २८, २९, ३०, ३१ र ३२ वडाको हो । अहिलेसम्म वडा नं. १, २, ३ र ५ को मतगणना सकिएको छ । यी वडाहरुमा एमालेले जितेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD