४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगरको २४,१३६ मत गनिसक्दा सुनिताले ९४१९ मत ल्याईन, अरुले कति ?


प्रकाशित: मंगलवार, ३ जेठ २०७९, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मंगलावार विहानको अपडेट अनुसार २४ हजार १३६ मत गनिसकिएको छ । 


मुख्य अधिकृत निर्वाचन कार्यलयको आधिकारिक अपेडट अनुसार नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थपितले ४ हजार ९७६ मत प्राप्त गरेका छन । 


त्यसैगरी सत्तागठबन्धनका नेपाली कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले ४ हजार ३४७ मत ल्याएकी छिन । 


स्वतन्त्रका मेयर उम्मेदवार बालेन्द्र (बालेन) शाहले ९ हजार ३५३ मत ल्याई अग्रता लिइरहेका छन । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत पाएका छन । 


त्यसैगरी महानगरका उपमेयर उम्मेदवार नेकपा एमालीकी सुनिता डंगोलले ९ हजार ४१९ मत ल्याएर सबैभन्दा अग्रता हासिल गरेकी छिन । 


सतागठबन्धनका नेकपा एकिकृत समाजवादीबाट उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६७५ मत पाएका छन । 


स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ७८३, राप्रपाकी उपमेयर उम्मेदवार १ हजार ७०९ मत ल्याएका छन । यो मतपरिणाम वडा नं. १, २, ३, ४, ५, ६, ३१ र ३२ को हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex