५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भक्तपुर जलमग्न, बाढीमा फँसेकालाई नेपाली सेनाद्धारा उद्धार


प्रकाशित: बिहिबार, २८ असार २०७५, १०ः१० बजे
- महानगरखबर

भक्तपुर । हिजो राती परेको भारी बर्षाको कारण भक्तपुर जलमग्न भएको छ । हनुमन्ते खोलामा बाढी आएपछि भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न रहेको छ ।

 
त्यसैगरी दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे–निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि डुवानमा परेका छन् ।

 
बाढीका कारण यातायात, शिक्षण संस्था, बजार सबै बन्द रहेको छ । सडक तथा मानिसहरुको घर र पसलमा बाढी पसेको छ ।

 
भक्तपुरबासीले हनुमन्ते खोलाको कारण बर्षेनी बाढी आउने भएपनि सम्बन्धीत निकायले ध्यान नदिदा भक्तपुर डुवानमा पर्ने गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex