काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना परिणामको अपडेट सोमवार विहान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयले गरेको अपडेड अनुसार अहिलेसम्म १४ हजार ७८७ मत गन्न सकिएको छ । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले २ हजार ९९२ मत प्राप्त गरेका छन ।
गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत ल्याएका छन ।
स्वन्तन्त्र उम्मेदवार बालेन्द्र (वालेन) शाहले ५६९२ मत ल्याएर मेयरको प्रतिस्पर्धामा अग्रस्थानमा देखिएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ५१९ मत पाएका छन ।
त्यसैगरी उपमेयरको मत परिणाम पनि सार्वजनिक गरिएको छ ।
एमालेका उपमेयर उम्मेदवार सुनिता डंगोलले ५ हजार ८९६ मत ल्याएर अग्रस्थानमा रहेकी छिन ।
उनका प्रतिस्पर्धी गठबनधनका नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १६३२ मत पाएका छन । राप्रपाका उपमेयरले १ हजार २४९ मत पाएका छन ।
स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ५८३ मत पाएकी छिन भने स्वतन्त्रका लौरो उम्मेदवारले ६२३ मत पाएका छन ।
यो मतपरिणाम वडा नं. १, २, ३, ४, ५, ३१ र ३२ को हो । वडा १ मा एमालेका भरतलाल श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भईसकेका छन । यस अघि पनि उनले वडा अध्यक्ष जितेका थिए ।
Categorized in स्थानिय