काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेले पहिलो खाता खोलेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ मा एमाले उम्मेदवार भरतलाल श्रेष्ठ बिजयी भएका छन ।
श्रेष्ठले ६२२ मत ल्याई बिजयी हासिल गरेका हुन । उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत पाएका छन ।
महिला सदस्यमा एमालेका रसला तन्डुकारले ७२५ मत ल्याई महिला सदस्यमा निर्वाचित भएकी छिन । त्यसैगरी दलित सदस्यमा नेपाली कांग्रेसकी मिना सुनारले ७५५ प्राप्त गरी जित हासिल गरेकी छिन ।
पुरुष सदस्यहरुमा नेपाली कांग्रेसका रोशन श्रेष्ठले ६८१ र शुुभरत्न खड्गीले ६६२ मत ल्याएर बिजयी भएका छन । मुख्य निर्वाचन कार्यलयले भने आधिकारिक घोषणा गर्न बाँकी नै छ ।
Categorized in स्थानिय