काठमाडौं । गृहमन्त्रालयले सर्वसाधारण तथा पत्रकारलाई सिंहदरवार प्रेवशमा कडाई गरिने तयारी गरिरहेको छ ।
अब सर्वसाधारणले जुन मन्त्रालयको पास पाएको हुन्छ सो मन्त्रालयबाहेक अन्य मन्त्रालय जान नपाउने व्यवस्था गरिने भएको गृहमन्त्रालका अधिकारीहरुले जनाएको छ ।
अधिकारीहरुका अनुसार एउटा पासले भित्र पसेर विभिन्न मन्त्रालय छिर्ने गरेकोले सोलाई व्यवस्थित गर्न नयाँ नियम ल्याउने लागिएको हो ।
यो नियम लागू भए हरेक मन्त्रालयले आगन्तुकलाई दिने कार्ड बनाउने र तिनको रङ फरक–फरक हुनेछ ।
अहिले सिंहदरवार प्रवेश गर्ने सर्वसाधारण जुनसुकै मन्त्रालयमा सहज प्रवेश गर्ने गरेको छ ।
Categorized in समाज