५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

घर तथा वित्तिय संस्थाहरुबाट नगद तथा धनमाल लुट्ने २ पक्राउ


प्रकाशित: बुधबार, २७ असार २०७५, १८ः५२ बजे
- महानगरखबर

काठमाडौं । उपत्यकामा विगत केही समय अगाडिदेखि रातको समयमा विभिन्न स्थानमा रहेका घर, सहकारी तथा वित्तिय संस्थाहरुको ताला फोडी सिसिटिभी समेत फुटाई नगद तथा विभिन्न धनमाल चोरी गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 
प्रहरीले नुवाकोट तादी गाउँपालिका–६ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय दिपेश भन्ने बुद्धबहादुर तामाङ र सोही ठाउँ घर भई हाल काठमाडौं धापासी बस्ने ३३ वर्षीय सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 
गत असार ९ गते  काठमाडौं तारकेश्वर नगरपालिका–९ शुभकामना चोकस्थित कोपिला धमला अधिकारीको घरमा नगद ११ लाख ८२ हजार रुपैयाँ, सुनको ब्रासलेट तथा मोटरसाइकल समेत  गरी करीब १८ लाख ९४ हजार २ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको घटना अनुसन्धान गर्ने क्रममा चोरी कार्यमा संलग्न बुद्धबहादुर र सुजनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि बुधबार महानगरीय प्रहरी बृत्त बालाजु  काठमाडौं पठाएको हो ।


उनीहरुको साथबाट चोरी गरेको नगद १ लाख ९९ हजार, चोरी गर्न प्रयोग गर्ने फलामका रड, सुन, चाँदिका गहना, मुगा माला, टिभी, क्यामेरा तथा लागूऔषध फेनरागन, डाइजेल्याब र नोर्फिन ३४ थान समेत बरामद भएको छ । प्रारम्भिक सोधपुछको क्रममा निजहरुले उपत्यकाका विभिन्न स्थानहरु पुरानो गुहेश्वरी, बलाजु, मनमैजु लोलाङ तथा ललितपुरको हात्तिबनमा समेत चोरी गरेको खुल्न आएको  छ । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex