४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं महानगरमा १५६ मतदान केन्द्र, ३६३ बुथ, कुन वडामा कति ? 


प्रकाशित: विहिवार, २९ बैशाख २०७९, २०ः०० बजे 
- अजय खड्गी

काठमाडौँ । भोली शुक्रवार हुने निर्वाचनको लागि काठमाडौं महानगरको विभिन्न तोकिएको क्षेत्रमा मतकेन्द्रमा निर्माण सुरु भएको छ ।


काठमाडौंको वडा २३ स्थित बसन्तुुपरमा मतकेन्द्रको निर्माणमा सुरक्षकर्मी, निर्वाचनमा खटिने कर्मचारीहरु मतकेन्द्रस्थको तयारी गरिरहेका छन । 

 

 


काठमाडौं महानगरभित्र मतदानको लागि महानगरका १ देखि ३२ वडाभित्र १५६ मतकेन्द्रमा ३६३ बुथ राखिएको छ । वडा नम्बर १६ सबैभन्दा बढि मतदाता भएको क्षेत्र हो । यहाँ १० वटा मतकेन्द्र रहेको छ भने २३ वटा बुथ राखिएको छ ।

 
त्यस्पछि दोस्रो वढि मतदात रहेको वडा ३२ हो । ९ वटा मतदान केन्द्र, २२ वटा बुथ राखिएको छ । वडा ३१ तेस्रो बढि मतदाता रहेको वडा हो यहाँ ११ वटा मतकेन्द्र छ भने २२ वटा बुथ राखिएको छ ।


त्यसैगरी, वडा १४ मतदाताको संख्यामा चौथो नम्बरमा पर्दछ । यहाँ ६ वटा मतकेन्द्र र २१ व्वटा बुथ राखिएको छ । पाँचौ वढि मतदाता संख्या भएको वडा ४ हो । यस वडामा ६ वटा मतकेन्द्र र १७ वटा बुथ राखिएको छ । 


वडा ६ छैठो बढि मतदाता भएको वडा हो । यस वडामा ७ मतदान केन्द्र र १८ वटा बुथ तोकिएको छ । वडा ७ मतदाताको संख्याको हिसावले सातौ स्थानमा पर्दछ । यस वडामा ९ वटा मतकेन्द्र र १८ वटा बुथ राखिएको छ । 

 

 


मतदानको संख्या हिसावले वडा १५ आठौं नम्बरमा पर्दछ । यस वडामा ६ मतदान केन्द्र र १६ बुथ तोकिएको छ । वडा नम्बर १३ नवौ स्थानमा छ भने ९ वडा मतदाताको संख्याको हिसावले १० औं स्थानमा छ । यी दुवै वडामा मतकेन्द्र क्रमश ६ र ९ छ भने बुथ १४ र १६ वटा राखिएको छ ।

 
त्यसैगरी वडा २६ मतदाता संख्याको हिसाले ११ औं स्थानमा परेको छ । यस वडामा ७ मतदान केन्द्र र १५ बुथ राखिएको छ । वडा नं. १० मतदाता संख्याको हिसावमा १२ औं स्थानमा छ । यहाँ ४ मतदान केन्द्र र १३ वटा बुथ छ ।


वडा ३ मतदाता संख्याको हिसावले १३ औं स्थानमा रहको छ । यहाँ मतकेन्द्र ४ र बुथ १२ वटा राखिएको छ । 


त्यसैगरी वडा २९,३०,१७ वडाहरुमा ८ हजार बढि मतदाता भएको वडा हो । यस वडामा क्रमशः मतकेन्द्र ३, ५, ४ र बुथ ९, १०, ९ राखिएको छ । ६ हजार बढि मतदाता भएको वडाहरु २५, २१, २२ वडा पर्दछ । यस वडामा मतकेन्द्र क्रमशः सबैमा ४ र बुथ ८/८ र ९ वटा छ । 


५ हजार बढि मतदाता भएका ८ वटा वडाहरु मतदाता संख्याका आधारमा क्रमशः ५,११, १२, २७, २, ८, २४ र १९ वडा मतकेन्द्र ३,४,३,४,४, ३, २, २ वटा छ । बुथ ७, ८, ६, ८, ८, ७, ६/६ राखिएको छ । 


वडा २०, २८ र २३ वडामा ४ हजार बढि मतदाता रहेको छ । सो वडामा मतकेन्द्र र बुथ क्रमशः २/५, ४/६, १/५ रहेको छ ।


वडा ३ मा ३ हजार ७२९ मतदाता रहेका छन । यस वडामा मतकेन्द्र ३ र बुथ ५ वटा रहेको छ ।  


मतकेन्द्रहरु २५ वडामा जनबहाल, २८ वडामा पदमकन्या क्याम्पस, बागबजार, वालमिकी विद्याश्रम, २३ वडा वसन्तपर, १६ वडा नेपाल युवक माध्यमिक विद्यालय, सोह्र खुट्टे चोक लगायत छ ।


तस्वीहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex