४ भाद्र २०८३, बिहिबार
Header

जीत निश्चित भएको स्थापितको दाबी 


प्रकाशित: मंगलवार, २७ बैशाख २०७९, १६ः५० बजे  
- महानगरखबर

काठमाडौं । नेकपा एमाले मेयर उम्मेदवार केशव स्थापितले आफ्नो जीत निश्चित भएको दाबी गरेका छन । 


काठमाडौं महानगरका मेयर उम्मेदवार स्थापितले आज अन्तीम चुुनवाी सभालाई सम्बोधन गर्दै स्थापितले सो बताएका हुन । 


सभामा उनले भने, ‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । प्रतिपक्ष नै उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन ?’


आफू मेयर भएपछि काठमाडौंको फोहर एक बर्षभित्र व्यवस्थापन गर्ने र धुलो धँुवा मुक्त बनाउने पनि दावी गरेका छन ।


चुनावी अभियानको कार्यक्रममा आफूले बोलेका केही तिक्त कुरा भए माफी मागेका छन । 


उनने मेयर हुने मान्छेले माफी पनि माग्न जान्नु पर्दछ भने । ‘मेरो वाणीले कसैलाई अप्ठ्यारो परेछ, माफ पाउँ । मेयर हुने मान्छेले माफ माग्न सिक्नुपर्छ । क्षमा पाऊँ । मेरो हाउभाउले दुःख भएछ, पीडा भएछ माफ पाउँ । मेरो लेखनले पीडा भएछ भने माफ पाउँ ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex