काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट काठमाडौं महानगर वडा २४ का वडा अध्यक्ष उम्मेदवार रहेका राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गरेका छन ।
एमाले काठमाडौ जिल्ला सचिव राजेश शाक्यले श्रेष्ठसहित २४ जनलाई टिका र खादा लगाएर एमाले प्रवेश गराएका हुन ।
पार्टी प्रवेशपछि श्रेष्ठले माओवादीमा परिवाद हावी भएको तर कार्यकर्ता संरक्षणमा ध्यान नदिएको भन्दै असुन्तष्टी व्यक्त गरे ।
यसअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल र १५ को वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका थिए ।
Categorized in स्थानिय