४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं भित्री सहरमा एमाले पदयात्रा, उम्मेदवारहरुलाई स्वागत र बिजयको आशिर्वाद ! (फोटो फिचर)


प्रकाशित: शनिवार, २४ बैशाख २०७९, १२ः५० बजे
- महानगरखबर

काठमाडौँ । एमालेले शनिवार काठमाडौं महानगरको भित्री सहरमा पदयात्रा गरी घर–दैलो कार्यक्रम सम्पन्न गरेको छ । 


एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले पदयात्राको उद्घाटन गरी सुरु गरेका थिए । 


संयोजक पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै टोल टोल, घर–घरमा गएर एमालेको नीति तथा कार्यक्रहरु मतदातालाई बुझाउन उम्मेदवारहरुलाई निर्देशन दिएका छन ।


हनुमानढोकास्थित कालभैरव नजिकैबाट सुरु भएको पदयात्रा बसन्तपुर, जैशीदेवल, लगन, भिमसेनस्थान, नरदेवी, अनशन, क्षेत्रपाटी, बाङ्गेमुढालगायतका स्थानसम्म पुगेको थियो ।


महानगर भित्रको कोर सिटीका ११ वटा वडाहरु १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ भित्र पैदल यात्रा गरेको हो । 


एमालले यस अघि २०७४ को स्थानिय निर्वाचनमा महानरका भित्री वडाहरु १२, १८, २१, २२, २३, २४ र २७ मा जित हासिल गरेका थिए । यी सबै वडाका निर्वतमन अध्यक्ष्हरु फेरि अध्यक्षको उम्मेदवार बनेका छन । 


काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले महानगर मेयेर उम्मेदवार केशव स्थापित र उपमेयर सुनिता डंगोललाई मतदाताले घर–घर, चोक–चोक र गल्ली–गल्लीमा स्वागत गरेको जानकारी दिए ।  
मतदाताहरुले उनीरुलाई सगुन खुवाएर विजयको शुभकामना समेत दिएको उनले बताए । 


जैशीदेवल नजिकै र्याली पुग्दा ७५ वर्षीया मोतिदेवी महर्जनले खुशी हुँदै मेयर–उपमेयर पदका उम्मेदवारलाई एकछिन रोकेर सगुनसहित जितको शुभकामना दिइकी थिइन ।  


हातमा बोकेको नेवारी सगुन अर्थात अण्डा, माछा, रक्सीसहितले मोतिदेवी लगायतको टीमले गरेको स्वागतलाई मयेर स्थापितले ग्रहण गरेका थिए । स्थापितले आमाको आशिर्वादले आफ्नो बिजय सुनिश्चित भएको पत्रयात्रामा सहभागीहरुलाई सुनाएका थिए । 


त्यसैगरी उपमेयरकी उम्मेदवार डंगोललाई पनि मतदातहरुले आशिर्वाद र शभकामना दिएका थिए । उनले यहाँका मतदाताले देखाएको अपार स्नेह र सद्भावले उत्साहित हुँदै जित सुनिश्चित भएको बताईन ।  

 
पदयात्रामा ठुलो सख्ंयामा जनसहभागीता देखिन्थ्यो । पदयात्रामा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेशसभा सदस्यहरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायत पनि सहभागीता थियो । 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika