४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

गठबन्धनका शिर्ष नेताहरुले काठमाडौवासीसँग सिर्जना र रामेश्वरलाई जिताउन आग्रह गरे


प्रकाशित: शुक्रवार, २३ बैशाख २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । सत्ता गठबन्धनका शिर्ष नेताहरुले काठमाडौं महानगरका मेयरकी उम्मेदवार सिर्जना सिंह र उपमेयर रामेश्वर श्रेष्ठलाई महानगरवासीसँग जिताउन आग्रह गरेका छन । 


शुक्रवार काठमाडौंको शान्तिबाटिकामा आयोजित चुुनावी सभामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुुर देउवाले सिंहलाई भोट मागेका छन । 

 


देउवाले कांग्रेस नेता प्रकाशमान सिंहले श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको पनि सुनाए । 


सभामा देउवाले सिर्जना सँगै चितवन भरतपुरकी मेयर उम्मेदवार रेणुु सिंहलाई भोट मागेका छन । 


त्यस्तै गठबन्धनका नेता नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले काठमाडौं महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन आग्रह गरेका छन ।

 


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले यो पल्ट महिलालाई उम्मेदवार दिएका छौ जिताएर होरौ भनेका छन । पुरुषलृे खासै लछारपटार गर्न नसेको भन्दै महिलालाई जिताउन आग्रह गरेका थिए । 


कार्यक्रमलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जनमोर्चा नेता चित्रबहादुर केसी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 

 


सभामा मेयर उम्मेदार सिंहले महानगरलाई आफु जितेपछि महानघर बनाएर चलाउने बताए । 


उनले आफूले जारी गरेको सात स को प्रतिवद्धता अनुसार महानगरवासीको सुविधाको लागि काम गर्ने बताईन । 

 


त्यसैगरी उपमेयर उम्मेदार रामेश्वर श्रेष्ठले वितेका पाँच वर्षमा महानगरमा सुशासन नभएको भन्दै अब त्यो काम गरेर देखाउने दाबी गरेका छन । 


जेष्ठ नागरिकलाई भत्ता मात्रै नभइ माया समेत चाहिने भन्दै उनले आफूले त्यसको पहल गर्ने प्रतिवद्धता जनाए । 

 

 


 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika