५ भाद्र २०८३, शुक्रबार
Header

काठमाडौंको कोरसिटीमा भोली स्थापितको पदयात्रा


प्रकाशित: शुक्रवार, २३ बैशाख २०७९, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगर मेयर उम्मेदवार केशव स्थापित र उपमयेर सुनिता डंगोलको नेतृत्वमा पदयात्रा हुने भएको छ । 


भोली (शनिवार) विहान ७ बजेबाट हनुमानढोका बसन्तपुरबाट पदयात्रा हुने नेकपा एमाले काठमाडौं कमिटिले जनाएको छ । 


महानगरको १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ भित्रका वडाहरुमा विशाल पदयात्रा हुने आयोजकले बताएको छ । 


आसन्न बैशाख ३० गते हुने मतदानमा सहभागी हुन र मतदातालाई सुर्य चिन्हमा भोट दिई एमाले मेयर उपमेयर उम्मेदवारसहित ३२ वटै वडाका प्रतिनिधिलाई बिजयी बनाउन भोट माग्ने कार्यक्रम रहेको छ । 
 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex