काठमाडौं । काठमाडौं महानगरपालिकामा यस अघि निर्वाचित भएका वडा अध्यक्षहरु फेरी वडा अध्यक्षको दौडमा छन ।
महानगरको ३२ वडामध्ये २५ वटा वडामा निवर्तमान वडा अध्यक्षहरु फेरि प्रतिस्पर्धामा देखिएका हुन ।
काठमाडौंको कोर सिटीका ९ वटा वडा १२, १७, १८, २०, २१, २२, २३, २४, २७ का निर्वतमान वडा अध्यक्षहरु वडा अध्यक्ष हुनको लागि चुनावी मैदानमा होमिएका छन ।
वडा १२ मा एमालेबाट निर्वाचित पूर्व वडा अध्यक्ष विकास डंगोलसँग यो पटक नेपाली कांग्रेसका बालकृष्ण महर्जन चुुनावी प्रतिस्पर्धामा उत्रेका छन ।
नेपाली कांग्रसबाट १७ मा वडामा वडा ध्यक्ष निर्वाचित नवीन मानन्धरसँग एमालेका मचाराजा मानन्धरले प्रतिस्पर्धा गर्दै छन ।
यस अघि एमालेबाट वडा १८ मा अध्यक्ष जितेका न्हुच्छेकाजी महर्जनले फेरि वडा अध्यक्षका टिकट पाएका छन । उनका प्रतिस्पर्धी कांग्रेसका राजन महर्जन छन ।
नेपाली कांग्रेसबाट २० वडामा अध्यक्ष निर्वाचित राजेन्द्र मानन्धर फेरि वडा अध्यक्षको प्रतिस्पर्धामा देखिएका छन । उनीसँग एमालेका हितकर वीरसिंह चुनावी प्रतिस्पर्धा छन ।
२१ नम्बर वडामा एमालेबाट निर्वाचित भएर वडा अध्यक्ष सम्माहलेका उदयचुडामणि वज्रचार्यलाई नेपाली कांग्रेसका मधुसुधन र एकिकृत समाजवादका गौतम दास कर्मचार्यको मुख्य चुनौति देखिएको छ ।
एमालेबाट वडा २२ मा निर्वाचित चीनकाजी महर्जनको यो पटक नेपाली कांग्रेसका शालिग्राम तन्डुुकारसँग प्रतिस्पर्धा हुँदैछ ।
त्यसैगरी २३ वडामा पनि एमालेबाटै जितेका वडा अध्यक्ष मचाराजा महर्जनसँग नेकपा एकीकृत समाजवादीका ज्योती शाक्य र कांग्रेसका उत्तमरत्न मानन्धरको चुुनावी टक्कर छ ।
एमालेबाट निर्वाति भएर वडा २४ का वडा अध्यक्ष भएका वालकृष्ण यतिखेर नेकपा एकिकृत समाजवादीबाट वडा अध्यक्षका उम्मेदवार बनेका छन । अहिले उनको मुख्य प्रतिस्पर्धी एमालेका सुजन विलासी बज्रचार्य छन । यस वडामा नेपाली कांग्रसले विनोद कुमार राजभण्डारीलाई उम्मेदवार बनाएको छ ।
वडा नम्बर २७ मा नेकपा एमालेबाटै निर्वाचित भएका वडा अध्यक्ष चिनियामान वज्राचायलाई कांग्रेसबाट योगेश खड्गी, नेकपा एकिकृत समाजवादीका नविन प्रधानले चुनौति दिने भएको छ ।
त्यसैगरी कोरसिटी वाहिरका वडाहरु १, २, ३, ५, ७, ९, १०, ११, १३ ,१५, १६, २६, २८, २९, ३०, ३२ मा पनि निर्वतमान वडा अध्यक्षहरु दोहोरिका छन ।
१ नम्बर वडामा एमालेबाट निर्वाचित भरतलाल श्रेष्ठसँग नेपाली कांग्रेसका किरण श्रेष्ठ र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका अर्जुन महर्जनविच प्रतिस्पर्धा रहेको छ ।
एमालेबाट वडा २ मा निर्वाचित रोजेन्द्रकुमार श्रेष्ठसँग यो पटक नेपाली कांग्रेसका सूर्यलाल महर्जन, माओवादी केन्द्रका रमेश डंगोल वडा अध्यक्षको दौडमा छ ।
त्यसैगरी वडा ३ मा एमालेबाट वडाध्यक्ष जितेका दिपक केसी अहिले नेकपा एकिकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार बनेका छन । उनको प्रतिस्पर्धामा एमालेका प्रेम थापा छन ।
वडा ५ मा नेपाली कांग्रेसबाट ५ नम्बर वडाध्यक्षमा जितेका रमेश डंगोलसँग यो पटक एमालेका विरेन्द्र प्रजापतिले चुनौती दिएका छन ।
एमाले वडा अध्यक्ष जितेका ७ नम्बरका निर्वतमान वडा वडाध्यक्ष शुद्ध डंगोल यो पटक नेकपा एसबाट अध्यक्षका उम्मेदवार भएका छन । उनको प्रतिस्पर्धी एमालेका कृष्णमणि भट्टराई छन ।
९ नम्बर वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले फेरि एमालेबाट वडा अध्यक्षको टिकट पाएका छन । नेपाली कांग्रेसका रामजी भण्डारी, नेकपा एसका राजेन्द्र कुमार सिपाई सँग जयखुुको प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेसबाट वडा १० का वडा अध्यक्ष निर्वाचित रामकुमार केसीसँग एमालेका अशोक कार्की, माओवादी केन्द्रका देवेन्द्रकुमार देउजाको मुख्य चुनौति देखिएको छ ।
११ नम्बर वडामा नेपाली कांग्रेसबाट वडा अध्यक्ष भएका हिरालाल तण्डुकारको मुख्य प्रतिस्पर्धीमा एमालेका योगेन्द्रमान श्रेष्ठ देखिएका छन् ।
एमालेबाट वडा १३ मा निर्वाचित वडा अध्यक्ष ध्रुव मानन्धरलाई पयो पटक नेपाली कांग्रेसकाखसुरेन्द्र मानन्धरले चुनौति दिदै छन ।
यस अघि एमालेबाट वडा अध्यक्ष निर्वाचित वडा १५ का निर्वतमान वडा अध्यक्ष ईश्वरमान डंगालले नेकपा एकिकृत समाजवादीबाट अध्यक्षको लागि प्रतिस्पर्धा गर्दै छन । उनको प्रतिस्पर्धामा एमालेबाट पूर्णकाजी डंगोल रहेको छ ।
यस्तै १६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका मुकुन्द रिजालसित एमालेका लक्ष्मीरत्न तुलाधरको प्रमुख प्रतिस्पर्धा छ ।
वडा २६ नेपाली कांग्रसका निर्वतमान वडा अध्यक्ष ख्यामराज तिवारीलाई एमालेका तीर्थकाजी डंगोलले चुनौती दिइरहेका छन ।
त्यस्तै २८ मा नेपाली कांग्रसबाट निर्वाचित वडा अध्यक्ष भाईराम खड्गीलाई एमालेबाट बिपेन्द्र खड्गीले चुनौती दिएका छन ।
नेपाली कांग्रेसबाट निर्वाचित २९ वडाका निर्वतमान वडा अध्यक्ष कुश ढकालले एमालेका शिवराम राजवंशीसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
कांग्रेसबाटै यस अघि निर्वाचित वडा ३० का निर्वतमान वडा अध्यक्ष दलबहादुर कार्कीले यो पटक एमालेका उम्मेद्वार कृष्णभक्त खड्गी र नेकपा माओवादी केन्द्रका तीर्थ नारायण महर्जनसँग भिड्नु पर्नेछ ।
३२ मा नवराज पराजुलीलाई फेरि एमालेले वडा अध्यक्ष उम्मेदवार बनाएका छन । नेपाली कांग्रेसबाट सितादेवी कँडेलले उम्मेदावारी दिएका छन ।
यस अघि २०७४ निर्वाचनमा एमालले १८, नेपाली कांग्रसले १४ वटा वडा जितेका थिए । एमाले विमाजन भएपछि बनेको नेकपा एकिकृत समाजवादीले १८ मध्ये ४ वडा अध्यक्षहरु लिएका छन ।
Categorized in स्थानिय