७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

वरिष्ठ सिने पत्रकार बिजयरत्न ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट’ सम्मानित


प्रकाशित: मंगलवार, २० बैशाख २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर ‘अंशवरे’ नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन । 


सोमवार राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार अंशवरेलाई सो सम्मान प्रदान गरिएको हो ।

 
सो सम्मान पाउनेमा दिवाकर मैनाली पनि परेका छन । 


संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजी को जन्म स्मृति दिवस (पुष ३)को अवसर पारेर नातिकाजी स्मृति समाजद्वारा संगीत र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई  दिइने घोषणा गरिएको नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।


सो समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान तर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरिएको छ । यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बिबी थापा (रचना), नारायणदास कार्की ढली (वाद्यवादन), शिला पन्त (रचना), सीताराम पोखरेल (गायनररचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रारसंगीत), शीतल कादम्बिनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिएको छ ।


आयोजक संस्था नातिकाजी स्मृति समाजका संगीतज्ञ शम्भुजित बासकोटा को सभापतित्वमा भएको सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती विशेष अतिथीका रुपमा उपस्थित रहेको थियो ।


संगीतकार नातिकाजीको ९७ औँ जन्मदिनको अवसर पारेर सम्मान र पुरस्कार घोषणा गरिएको समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex