१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मेघा बैंकले ५० कर्मचारी माग्यो, ग्लोबल आईएमई र २ वित्तिय संस्थाद्धारा पनि माग


प्रकाशित: बुधबार, २७ असार २०७५, १०ः४६ बजे
- महानगरखबर

काठमाडौं । बैक तथा वित्तिय संस्थाले ५० भन्दा बढी कर्मचारीको माग गरेको छ । मेगा बैंक, ग्लोबल आइएमई तथा गोर्खाज फाइनान्स र आरएमडीसी लघुवित्तले केन्द्रीय तथा शाखा कार्यालयकालागि कर्मचारी माग गरेको हो ।

 
मेगा बैंकले अधिकृत तहका ६ जना कर्मचारीहरुको माग गरेकोछ । बैंकले चाबहिल, ओखलढुङ्गा, कालिकोट, कपिलबस्तु, दोलखा, विराटनगरको लागि माग गरेको हो ।


त्यस्तै सहायक तहको लागि विभिन्न शाखा तथा एक्सटेन्सन काउन्टरको लागि ४४ जना कर्मचारी माग गरेको छ । इच्छुक आवेदकले आगामी साउन ९ गतेसम्म मेगा बैंकको  अनलाइन सेवामा आवेदन दिन सक्नेछ ।

 
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ डिपार्टमेन्टमा अधिकृत तहको एक जना कर्मचारी माग गरेको छ ।  २ वर्षको कार्यअनुभव सहित इच्छुक उम्मेदवारले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।  त्यस्तै बैंकले यसै डिपार्टमेन्टमा सहायक तहका केही कर्मचारी माग गरेको छ । दुवै पदको लागि बैंकको साइटमा गएर साउन १ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


त्यसैगरी गोर्खाज फाईनान्सले व्यवस्थापक तथा बरिष्ठ व्यवस्थापक तहको लागि कर्मचारी, उपत्यका भित्र तथा बाहिरका लागि केही शाखा प्रमुख माग गरेको छ । यसको लागि ५ वर्षको न्युनतम कार्यानुभव माग गरिएको छ । आवदेनको लागि संस्थाको साइटमा गएर आजको ७ दिन भित्र आवदेन दिनुपर्ने छ ।


आरएमडीसी लघुवित्तले एक जना लेखा अधिकृत र एक जना अनुगमन तथा सुपरिवेक्षण अधिकृत माग गरेको छ । दुबै तहकालागि मासिक तलब सुविधा ५० हजार रुपैयाँ छ ।


स्नातक गरी २ वर्षको कार्यानुभव भएको व्यक्तिले आजको १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालयमा आवदेन दिनु पर्ने लुघुवित्तले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex