काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर (प्रमुख) पदका लागि नेकपा एमालेबाट केशव स्थापितले उम्मेदारी दर्ता गराएका छन ।
सोमवार राष्ट्रिय सभागृहमा एमालेको तर्फबाट सुनिता डंगोलले उपमेयरमा मनोनय दर्ता गराएकी हुन ।
उम्मेदवारी दर्ता पछि स्थापितले आफुले निर्वाचन जित्ने दावी गरेका छन । आफूलाई गठबन्धनले कुनै असर नपार्ने बरु दोब्बर मतले चुनाव जित्ने बताए ।

उनले कांग्रेसको स्थायी भोट ४५ हजार, माओवादीको ७ हजार र ६ हजारजति एकीकृत समाजवादीको हुनसक्ने भन्दै स्थापितले गठबन्धनभन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन ।
२०५४ सालमा नै मेयरमा ८४ हजार मत ल्याएर विजयी भएको भन्दै यसपटक पनि आफूले नै जित्ने दाबी गरे ।
विगतमा आफूले राम्रो काम गरेको भन्दै अब कुनै प्रतिस्पर्धा बाँकी छ जस्तो नगलागेको भनाई राखे । आफू मेयर भएको बेला विश्वमा चौथो सफल मेयर भएको स्थापितले सुनाए ।
उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफू युवाको प्रतिनिधि भएको र काठमाडौ सहरलाई व्यवस्थित र सुन्दर बनाउने थुप्रै ठोस योजनाहरु रहेको बताईन ।
एमालेको घोषणापत्रमा युवाहरूको प्रतिबद्धता समेटिएको डंगोलको भनाइ थियो ।
Categorized in स्थानिय