काडमाडौं । नेकपा एमाले शुक्रवार ४८ पेज लामो स्थानिय निर्वाचन घोषणापत्र – २०७९ सार्वजनिक गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यलयबाट घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रको प्रथम पृष्ठमा धरहरा, रानीपोखरी, पोखरा बिमानस्थल, रेलसहितको कभर तस्बिर राखेरर प्रकाशित गरेका छ भने अन्तिम पेजमा ६ बुँदे संकल्प प्रस्ताव उल्लेख छ ।

संकल्प प्रस्तावमा हाम्रा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक हुने छन, हाम्रा जनप्रतिनिधिहरु सामाजिक, जागरण र विकासका अभियान्ता हुने छन, हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशासनमा नमूना बन्ने छन, हाम्रा जनप्रतिनिधिहरुले सदाचारमा दृढता स्थापित गर्ने छन, हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन र कडाका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन, हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टचारी, व्यभिचारी, अनियमितता र सावर्जनिक सम्पतिको दोहन गर्नेहरुलाई कानुनी कार्वाहीको दायरामा पुराउन अग्रणी भूमिका खेल्ने छन ।
घोषणा पत्रमा एमालेले आफ्नो सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धीको व्याख्या गरेको छ ।
एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्व परीक्षण र पाठेघरको क्यान्सरको निः शुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्ने लगायतका विषयबस्तु राखेको छ ।
एमाले घोषणापत्र को सार संक्षेपको व्याख्या वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले गरेका थिए ।
सो अवसरमा कम्युनिष्ट आन्दोलनमा योगदान पुराएका विभिन्न १७ जना योद्धाहरुलाई विशेष सम्मान समेत गरिएको थियो ।
तस्वीहरुः बिज्जु श्रेष्ठ/महानगरखबर


एमाले घोषणापत्रको पूर्णपाठ
Categorized in स्थानिय