६ भाद्र २०८३, शनिबार
Header

काठमाडौं महानगरका जनप्रतिनिधिहरुले गरेका विकास पुस्तक ‘सचित्र काठमाडौं’ !


प्रकाशित: विहिवार, ३ बैशाख २०७८, १३ः०० बजे  
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ बर्षभित्र गरेका विकासलाई समेटर ‘सचित्र काठमाडौं’ पुस्तक प्रकाशित गर्ने भएको छ ।


संविधानसभापछि भएको पहिलो स्थानीय निर्वाचनमा महानगरभित्रका निर्वाचित जनप्रतिनिधिहरुले गरेका विकासका गतिविधिहरुलाई समेटेर सो पुस्तक प्रकाशित गर्न लागिएको हो । 


२२६ पृष्ठको यस पुस्तकमा जनप्रतिनिधीहरुको सक्रियतामा भएका विकास निर्माणका गतिविधिहरु तस्वीरको माध्यमबाट झल्काइएको छ । 


स्थानीय जनप्रतिनिधीहरुको यस बर्षको कार्यकाल सम्पदा संरक्षण, पार्क निर्माण, सार्वजनिक स्थल संरक्षण, वडा कार्यालय भवन निर्माण, सडक विस्तार तथा स्तरोन्नति, ऐन नियम तर्जुमा, विद्युतीय सुशासन, जनस्वास्थ्य सेवा प्रवर्धन, स्थानीय भाषामा स्थानीय विषयको पठनपाठन लागु गरेका विषयहरु चर्चा गरिएका छन । 


त्यसैगरी आधुनिक शौचालय निर्माण, आकाशे पानी पुनर्भरण, सामुदायिक विद्यालय पूर्वाधार तथा शिक्षण सुधार, फोहरमैला ब्यबस्थापनको दीर्घकालीन उपाय, युवा उद्यमशीलता प्रवर्धन, प्रमाणमा आधारित नीति निर्माण जस्ता महत्वपूर्ण तथा दूरगामी कार्यक्रमहरु सम्पन्न भए वा अगाडि बढेका विषयहरु उल्लेख छ । 


स्थानीय जनप्रतिनिधीहरुको यस कार्यकालमा सयौं सम्पदा भवनहरु (द्योछे), आगंछें, त्वाछें, मन्दिर, पाटी, सत्तल, विहार, ढुंगेधारा आदि जिर्णोदार, पुननिर्माण भएका छन । 


भद्रकाली मन्दिर परिसर, महांकाल, संकटा मन्दिर, नउदेग जस्ता अति महत्वपूर्ण सम्पदाहरु पुनर्निर्माण हुने चरणमा छन । 


महानगरको सुचना तथा सल्लाहकार प्रमुख राजेन्द्र स्थापितको संयोजकमा सो पुस्तक तयार भएको छ । पुस्तक प्रकाशनका सदस्यहरु सुरेश किरण मानन्धर र चन्द्रमणी भट्टराई रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex