काठमाडौं । विश्वकप फुटवलमा हारजीतको बाजी (सट्टेबाजी ) खेलाउने ३ जनालाई प्रहरीले काठमाडौंको ज्याठाबाट पक्राउ गरेको छ ।
दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र ३३ वर्षीय मुखिया गुरुङ छन् ।
सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज