६ भाद्र २०८३, शनिबार
Header

प्रमुख र उपप्रमुख मध्ये एकमात्र उम्मेदवारी दिँदा महिला अनिवार्य हुने प्रावधान हट्यो


प्रकाशित: मंगलवार, २९ चैत्र २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये एक जनामा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य हुनु पर्ने प्रावधान हटाएको छ । 


मंगलवार आयोगले एक सुचना जारी १६ चैतमा राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन दिएकोमा ६ नम्बर बुँदालाई सच्चाएको हो । 


सो बुँदा नम्बर ६ मा लेखिएको थियो, ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनतिक दलले महिला मनोनयनको व्यवस्था गर्ने ।’


आयोगले सो बुँदालाई सच्चाउँदै प्रमुख र उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवारी दिएमा महिलालाई प्राथमिकता दिन भनेको छ । 


सच्याउँदै भनिएको छ, ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने ।’


राजनीतिक दलहरुले निर्वाचन आयोगको यो व्यवस्था निर्वाचन कानुन विपरीत हुने भन्दै आलोचना गरेपछि आयोग पछि हटेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex