काठमाडौं । पाकिस्तानी संसदले पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफलाई प्रधानमन्त्रीमा चयन गरेको छ ।
पाकिस्तानको २३ औं प्रधानमन्त्री चयन भएका सरिफको पक्षमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले मतदान गरेका थिए । प्रधानमनत्री चयन भएका सहबाज पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । सहबाजले यसअघि पञ्जाव प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।
पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो ।
प्रधानमनत्रीका लागि पाकिस्तान तहरिक ए इन्साफका उपाध्यक्ष शाह महमुद कुरैसीले पनि मनोनयन दर्ता गरेका थिए ।
सहबाजले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने छन ।
यस अघि इमरान खानले संसद विघटन गरी नयाँ जनादेशको लागि आम निर्वाचनको घोषणा गरेका थिए । तर अदालतले संसद पुर्नस्थापन गरेपछि नयाँ प्रधानमन्त्रीको लागि संसदमा मतदान भएको थियो ।
इमरान समर्थकहरुले उनको पक्षमा सडकमा नारावाजी गरेको थिए ।
Categorized in अन्तर्राष्ट्रिय