८ भाद्र २०८३, सोमबार
Header

काठमाडौं महानगरद्धारा उपत्यकाको अस्पताल र नगरपालिकाहरुलाई १५ वटा शब वाहन हस्तान्तरण


प्रकाशित: शुक्रवार, २५ चैत्र २०७८, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरले काठमाडौं उपत्यकाको विभिन्न अस्पताललाई १५ वटा शब वहान हस्तान्तरण गरेको छ । 


काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमविच रु एक करोड ८० लाख मूल्य बराबरका ह्विल स्ट्रेचरसहितका १५ वटा शव वाहनको साँचो हस्तान्तरण गरेका हुन । 

 


क्षेत्रपाटी निःशुल्क चिकित्सालय, नेपाल एपिएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिका लगायतलाई महानगरले शव वहान हस्तान्तरण गरेको छ ।


कामपाले १५ शव वाहनमध्ये नेपाल एपिएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुईरदुई वटा हस्तान्तरण गरेको हो । 


सम्झौताअनुसार ती शव वाहनले उपत्यकाभित्र निःशुल्क सेवा प्रवाह गर्नु पर्नेछ । 


सो अवसरमा प्रमुख शाक्यले महानगरले सामुदाय, अस्पताल तथा स्वास्थ्य क्षेत्रमा लगानी गरेको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex