काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधवारबाट ३२ वटै वडामा मेयर विशेष भत्ता वितरण सुरु गरेको छ ।
सामाजिक सुरक्षा भत्ता अन्तर्गत ७५ बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई बर्षको एकमुष्ठ १२ हजार मेयर विशेष भत्ता वितरण गरेको महानगरपालकाले जनाएको छ ।
काठमाडौं महानगरका १५ वडाले भने घर घरमै गएर भत्ता वितरण गरेको वडा सदस्य मैयाँ लक्ष्मी महर्जनले जानकारी दिईन ।
बुधवार वडा अध्यक्ष तथा महानगर प्रवक्ता ईश्वरमान डंगोल सहित वडा सदस्य महर्जनले घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाको समेत जानकारी लिई भत्ता उपलव्ध गराएका छन ।
सदस्य महर्जनको अनुसार वडा भित्र ५०० बढि जेष्ठ नागरिकहरु छन । उनीहरुलाई यसै महिनाभित्र सो भत्ता उपलव्ध गराउने गरी काम गरेका सदस्य महर्जनले बताईन ।
त्यसैगरी काठमाडौं महानगरपालिका २८ वडाले पनि वडा परिसरबाट भत्ता वितरण सुरु गरेको छ । आजबाट सुरु गरेका भत्ता वितरण चैत्र २७ गते सम्म हुने वडा कार्यलय जारी गरेको सुचनमा उल्लेख छ ।
भत्ताको लागि नागरिकता प्रतिलिपी र मतदाताको प्रतिलिपी चाहिने हुन्छ ।
Categorized in समाज